सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपतिले फेरि जारी गरिन् दुई अध्यादेश

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १८:५२