काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनी निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
उनले ५०८८ मतभार पाएका छन् । विहीबार भएको मतदानमा विहीबार नै नतिजा आएको हो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
देवकोटा माधव नेपाल समूह निकटका हुन् । बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि अन्य समूहबाट एक सिट रिक्त थियो । सो सिट बादलकै कारण रिक्त भएको थियो । तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित उनी एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको थियो ।
।