सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेका मात्रै ३६५ संक्रमीत, ११ को मृत्यु

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती प्रयोगशालाहरुमा ११०७ नमुना परीक्षण गरिएको थियो । आज पुष्टि भएका संक्रमीतहरुमा जिल्ला बाहिरका बढी छन् । बाँकेका ३६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ६२२ जना, नेपालगन्ज मेडिकल कलेज ल्यावमा १४७ मा ८३ जना र बागेश्वरी डाइग्नोशिस ल्यावमा १८० नुमना परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाकै अवधीमा बाँकेमा ११ जनाले ज्यान गुमाएका छन् भने सोही अवधीमा ५११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेमा हालसम्म जिल्लाभित्रका २३७ र बाहिरी जिल्लाबाट उपचार गर्न आएकामध्ये १८४ कोरोना संक्रमीतको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार १७:१८