सूचनाको शक्ति - The Power Of Information

        

बुटवलको कोरोना अस्पतालमा थप तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।

वैशाख २६ गते भर्ना भएका नवलपरासीको भूमही–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान १२ बजेर ४० मिनेटमा र २८ गते भर्ना भएका गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यस्तै शनिबार बेलुकी अस्पताल ल्याइएका तिलोत्तमा–४ का ३६ वर्षीय पुरुषको ९ बजेर ५५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए । उनीहरूमध्ये एकको भेन्टिलेटर र दुई जनाको आकस्मिक कक्षमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार ०७:५७