सूचनाको शक्ति - The Power Of Information

        

लेष्टर सिटीले पहिलो पटक जित्यो एफए कपको उपाधि

एजेन्सी । चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ ।

गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।

खेलको ६३ औं मिनेटमा लेष्टरका युरी टिलेमन्सले गरेको गोल नैं टोलीलाई पहिलो पटक एफ.ए कपको उपाधि जिताउन पर्याप्त बन्यो ।

हारसँगै चेल्सीका प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्य अधुरै रह्यो ।

चेल्सीले यसै हप्ता लेष्टर सिटीसँग इंग्लीश प्रिमियर लिग फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ ।

जारी लिगको शिर्ष चार स्थानमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्न यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ ।

खेल आगामि बुधवार चेल्सीको मैदानमा हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार ०७:३५