सूचनाको शक्ति - The Power Of Information

        

कोरोना ग्रस्त भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा

काठमाडौं । कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ । भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसी हिन्दीले जनाएको छ । हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ ।

भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ । यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ । चक्रवात १५० देखि १६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदिरहेकाले यसले विध्वंश मच्चाउने आशंका गरिएको छ । यसले भारतको गुजरात, केरलामा खतरा उत्पन्न गराउने भएकाले त्यहाँका मानिसलाई सतर्क हुन भनिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १३:०२