सूचनाको शक्ति - The Power Of Information

        

सपथ नखाँदै कर्णालीमा माओवादीका तीन मन्त्री बर्खास्त

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ नियुक्त भएका नेकपा माओवादी केन्द्रका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन् । मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नै नखाएर शुक्रबार बर्खास्तमा परेका हुन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै प्रदेश प्रमुखले शुक्रबार तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री नियुक्त गर्दै बुधबार नै सपथग्रहण गराउन खोजेका थिए । मन्त्री पदमा सांसद एवं नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपालीलाई पनि मन्त्री बनाउनुपर्ने विवाद नेकपा माओवादीभित्र चुलियो । मुख्यमन्त्री शाहीले उक्त विवादलाई निरुपण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने निर्णय गरे ।

उनले उर्जा तथा जलस्रोत मन्त्रालय गठन गराए । मुख्यमन्त्री शाहीले कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय पनि फुटाए । त्यहाँबाट उनले युवा तथा खेलकुदलाई तानेर आन्तरिक मामिला, युवा तथा खेलकुद कानुन मन्त्रालय बनाउने निर्णय गरे । ती दुवै निर्णय गरेपछि ती सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्नुपर्ने थियो । राजपत्रमा प्रकाशित नभई सपथ खुवाउन नसकिने भन्दै बिहीबार १० बजे राजपत्रमा प्रकाशित गर्ने र ११ बजे तीनै जना मन्त्रीलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो ।

त, माओवादी सांसद ठम्मर विष्ट लगायतका अन्य सांसदको विरोधका कारण सपथ ग्रहण हुन सकेन । आफूलाई जानकारी नै नदिएर मन्त्रालय फुटाएको भन्दै नेपाली कांग्रेसले पनि बिरोध जनाएपछि सपथग्रहण रोकिएको हो । मन्त्री नियुक्त नभएका सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैले लिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २१:२०