संसारको धेरैजसो भागहरुमा विशेषगरी तापमानमा भइरहेको निरन्तर वृद्धिले शारीरीक एवं जैविक व्यवस्थाहरुलाई विभिन्न ढंगहरुले प्रभावित गर्न शुरु गरेको छ । मानिसको कार्यहरुको नकारात्मक प्रभाव आउनै पुस्तामाथि निश्चितरुपले पर्नेछ । वायुमण्डलमा हरित गृह ग्याँसहरु बिशेष गरेर कार्वनडाइअक्साइड र मिथेनको जमावमा वृद्धि हुँदै गइराखेको छ ।
१८५० को दशकबाट जवदेखि तापमान ०.७ डिग्री सेल्सियस प्रतिबर्षले लगभग बढेको देखिन्छ र धेरैजसो गर्माहरु त पछिल्लो तीन दशकमा देखिएको छ । कार्वन डाइअक्साइड पछिल्लो १०० बर्षभन्दा बढी समयदेखि वातावरणमा विद्यमान छ र हाम्रै कारणले त्यसको नकारात्मक प्रभाव मानव स्वास्थ्य र भविष्यको पुस्ताहरुमा निश्चितरुपले पर्नेछ ।
जलवायु परिवर्तनका कारण तातो हावाहरुको समय अन्तरालमा हुँदै गरेको निरन्तर वृद्धिले एउटा खतरानाक प्रवृत्तितिर संकेत गर्दछ । शहरी तातो दिपको प्रभावको परिणामले उपशहरीया ग्रामीण क्षेत्रहरुको तुलनामा शहरहरुमा तापमान अधिक बनिरहन्छ । यसको मुख्य कारण गर्मीलाई धेरै मात्रामा आफुमै सोस्ने घरातल केहि कठोर र कालो अस्पाल्ट छन् ।
प्रायः तातो जलवायु भएको शहरहरुमा मानव स्वास्थ्यको अपेक्षा जुन शहरहरुको जलवायु चिसो छ, त्यहाँ जलवायु परिवर्तन तापको प्रभावबाट हुने मृत्युदर बढी हुन्छ । यसको मुख्य कारण तातो जलवायुमा बसोबास गर्ने जनसंख्याहरु धेरै हदसम्म तापमानको उतारचढाव सहन गर्न सक्दछ । विश्वमा ठाउँठाउँमा जुन दरले चिसोबाट मर्नेको संख्यामा कमी भएको छ । त्यसै दरमा गर्मीबाट मर्नेको संख्यामा कमी भएको छ ।
त्यसै दरमा गर्मीबाट संख्यामा पनि वृद्धि हुँदै जानेछ । विकासील देशहरुमा बसोबास गर्ने जनसंख्यालाई बाढीको शिकार हुने सम्भावना धेरै बढी हुनेछ । यसका कैयौं कारणहरु छन् । बढी जोखिम भएको क्षेत्रमा तिनको बसोबास हुनु, जस्तो बाढीको मैदान तथा तटिय क्षेत्रहरुमा कमजोर सार्वजनीक स्वास्थ्यको आधारभूत संरचना र जनसंख्याको आनुपातिकरुपमा आर्थिक हानी विशेषगरी विकासिल देशहरुमा स्वस्थ्य प्रभावहरुमा शारीरिक चोट र अतिसार रोगहरु बढने सम्भावना पनि बढी हुन्छ ।
जनसंख्याको बोझका कारण श्वास सम्बन्धी रोगहरुको मामलाहरु बढिरहेका छन् । माटोको धुलो धेरै उत्पन्न हुनाले स्वास सम्वन्धी लक्षण उत्पन्न हुन सक्दछ । यी देशहरुमा मनोवैज्ञानिक असन्तुलन जस्तै बेचैनी अवसादका घटनाहरु बढदै छन् । जसको कारण घरको वातावरण नष्ट हुँदैछ, हालै काभ्रे, ललितपुर, पाँचथरमा भएको घटनाले पुष्टि गर्दछ र आर्थिकरुपले जनसमुदायलाई हानी पनि भइरहेको छ ।
आत्महत्याको घटनाहरु बढ्दो छ र केटाकेटीहरुमा व्यवहार असन्तुलनका घटनाहरुमा पनि वृद्धि हुन सक्छ । यो एउटा भयावह स्थिति हो र यसको समय रहँदै निदान आवश्यक छ । विकासिल देशहरुमा खडेरीको असर मानवीय स्वस्थ्यामा देख्न सकिन्छ । खडेरीका कारण खाद्य उत्पादनहरु जीवन जृष्मकालमा या उच्च तापमान भएको दिनहरुमा वायु प्रदुषणको प्रभाव बढी हुन्छ ।
तर यो कुनै सर्वव्यापक अन्वेषण भने होइन फेरि पनि ओजोनको स्तर उच्चतर तापमानमा बढी हुन्छ र केहि अध्ययनहरुमा यो पनि पाइएका छ कि अत्याधिक मृत्युदरका लागि ओजोन तह उत्तरदायी भएको छ । जलवायु परिवर्तनले गर्दा वनजङ्गलहरुमा डढेलो लाग्ने सम्भावना धेरै बढेर गएको छ । तापमानमा आद्रता बर्षा र समुद्र जलस्तरमा बढोतरीका कारण संक्रामक रोगहरुका घटनाहरुमा प्रभाव पर्न सक्दछ ।
लामखुट्टे, उपियाँ, झिङ्गाहरु शुक्ष्म तापमान तथा आद्रतामा परिवर्तनप्रति धेरै नै संवेदनशील हुन्छन् । परन्तु रोगबाहक जनित रोग पनि धेरै अन्य परस्पर आधारित कारकहरुमा निर्भर गर्दछन् । यद्यपी हालैको बर्षहरुमा केहि संक्रामक रोगहरुको प्रादुर्भाव भएको छ । तर अहिलेसम्म यो स्पष्ट छैन कि यसको लागि जलवायु परिवर्तनले कुनै महत्वपूर्ण भूमिका निभाएको होस् ।
अन्य कारणहरु मानिस तथा पशु जनुसंख्याको गतिशिलताहरु सार्वजनीक स्वास्थ्यका आधारभूत ढाँचाहरु चर्मराउन, भूमी प्रयोगमा भएको परिवर्तनलाई सहायक कारणहरुमा गणना गर्न सकिन्छ । परिवर्तन जलवायु परिवर्तनको सम्भावित प्रभाव तथा रोगवाहक र कृतक पशुहरुवाट पैदा हुने रोगहरुवाट स्पष्टरुपले भइराखेको छ । यहाँ यो कुरा उल्लेख गर्नु अत्यन्त आवश्यक छ कि विश्वका अधिकांश भागहरुमा प्रभावकारी सार्वजनीक स्वास्थ्य व्यवस्थाले गर्दा मलेरिया फैलिन पाएको छैन र यो रोग आफ्नो वितरणको जलवायु सिमामा स्थीर छ ।
जुन क्षेत्रहरुमा सार्वजनीक स्वास्थ्यका आधारभुत ढाँचा विथोलिएको छ, जस्तै मध्य एसीया र पूर्व सोभियत संघको दक्षिण भाग त्यहाँ जलवायु परिवर्तनका कारण मलेरिया रोग फेरि उत्पन्न हुन सक्दछ । जुन क्षेत्रहरुमा स्थानीयस्तरमा मलेरियाको त उन्मुलन गरिएको छ, तर त्यहाँ यस रोगको बाहक मौजुद छ, त्यहाँ यस कुराको सम्भावना बनिरहन्छ कि स्थानीय स्तरमा पनि जलवायु परिवर्तनको प्रभावले मलेरिया फैलियोस् । नेपालमा डेंगु महामारीको रुपमा व्यापक फैलँदो छ ।
यो त भन्न सकिन्न कि यो घटना जलवायु परिवर्तनले वा आधारभूत संरचनाहरुको असफलतासँग जोडिएको छ । तर भविष्यको घोरमा यदि अनुमान लगाउने हो भने यस बारेमा धेरै कुरा छर्लङ्ग हुन्छ । जलवायु कारणहरुले केही भाइरस लामखुट्टे जनित सेफा लाइटिस, जस्तै सेन्टलुइस एनसेफालाइटिस भाइरस र पश्चिमी निल भाइरस धेरै प्रभावित हुन्छन् । यी दुवै खडेरीको स्थितिसँग जोडिएका छन् ।
अमेरिकामा १९९९ को गर्मीमा पश्चिमी निल भाइरस देखियो तब न्युयोर्कमा जुलाइमा धेरै ज्यादा गर्मी अभिलेख गरिएको थियो । खडेरीपछि मध्यपूर्ण युरोपमा पनि महामारी फैलिएको थियो । संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनका अनुसार विकासील देशहरुका ७९० मिलियन जनसमुदाय कुपोषणको शिकार छन् । खाद्य उत्पादनमा पर्ने जलवायु परिवर्तनको प्रभावहरुको अध्ययनले यो बताउँछ कि उच्च तथा मध्य अक्षांशहरुमा त खाद्य अनाजको उत्पादन बढ्ने सम्भावना छ, तर यीनको निम्न अंक्षाशहरुमा कम हुने सम्भावना देखिन्छ ।
अफ्रिका, एसीया दक्षिण एसीयामा जलवायु पोषणस्तरलाई नराम्रोसँग प्रभावित गर्न सक्छ भन्ने विशेष चिन्ता छ । खडेरीको प्रकोप लगातार तेजले बढदै जानु यसको मुख्य कारण हो । जलवायु परिवर्तनको प्रभाव कम गर्नुको अर्थ हो नीतिहरु जसको कारण हरित गृह ग्यासहरुको उत्सर्जनलाई कम गर्न सकियोस् ।
उर्जा संरक्षणलाई प्रोत्साहित गर्ने र नविकरणीय उर्जाको प्रयोग बढाउने अमेरीको सम्र्दभमा यो कुरा विशेषरुपमा लागु हुन्छ । किनभने उसले विश्वको लगभग २५ प्रतिशत हरित गृह ग्याँस उत्सर्जन गर्छ । यसकुरालाई रेखाङ्कीत गरिनुपर्छ कि हरित गृह ग्याँस उत्सर्जनमा कमी आउनाले वायु प्रदुषण कम हुन्छ जसबाट कि मानवतालाई तत्काल लाभ मिल्नेछ ।
यी लाभहरुको अनुपात यस कुरामा निर्भर छ कि हामी कुन उर्जा श्रोतहरुको प्रयोग गर्न पाउँछौ । हामीलाई यो कुरा स्वीकार्न आवश्यकता छ कि दीर्घ अवधिको जलवायु परिवर्तनसँग जोडिएको स्वास्थ्य समस्याहरुमा अरु बढोतरी हुन सक्छ र स्थिति अरु भयावह हुन सक्छ । तातो हावाहरु भन्दा पहिले नै चेतावनीले त्यसको प्रभाव रोक्न सक्छ । नत्र भने यो आगोले दानव होस् वा दैव कसैलाई छोडनेवाला छैन । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)
।