सूचनाको शक्ति - The Power Of Information

        

इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं ।  म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

सिटीले निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उपाधि जितेको हो । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भए पछि तीन खेल बाँकी हुँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

अब बाँकी तीनै खेल जित्ने र शीर्ष स्थानको म्यानचेस्टर सिटीले तीनै खेल गुमाए पनि उपाधिमा कुनै असर पर्ने छैन । सिटीले चार वर्षको अन्तरमा तेस्रो पटक उपाधि जितेको हो ।

गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाइटेडबीच १० अङ्कको अन्तर भएको छ । म्यानचेस्टर सिटी ८० अङ्कसहित शीर्ष स्थानमा छ भने युनाइटेड ७० अङ्कसहित दोस्रो र लेस्टर सिटी ६६ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ०८:५९