दाङ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को निगरानी सिसी क्यामरामार्फत गरिने भएको छ । महोत्सवको निगरानीका लागि महोत्सव परिसरमा ९ वटा सिसी क्यामरा जडान गरिने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सव मुलआयोजक समीतीका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भु्सालले महोत्सव स्थलमा सिसी क्यामरा जडान गरी महोत्सवका हरेक गतिविधिलाई सचिवालयमै बसेर निगरानी गर्ने बताए । महोत्सव स्थललाई सुरक्षीत र व्यवस्थीत वनाउन पनि यस यो प्रविधिले सहयोग पुर्याउने बताए ।
विगतका महोत्सवहरुमा बाहिरबाट आएका व्यापारिक स्टलहरुमार्फत उपभोक्ताहरुलाई कमसल र गुणस्तरहिन सामान दिने गरेको गुनासो आउने गरेकोप्रति यसपटक आयोजक समिति सजक रहेको बताउँदै संयोजक भुसालले त्यस्ता गुणस्तरहिन सामाग्रीहरु विक्री वितरणका लागि नराखिने पनि बताए ।
महोत्सवबाट आर्थिक संकलन गर्ने मात्र नभई स्थानीय उत्पादन र लघु उद्यमको प्रवद्र्धन तथा विकासका लागि भएको बताउँदै आआफनो क्षेत्रमा उत्पादन भएका कृषि सामाग्री, लघु उद्यमका सामाग्रीहरु महोत्सव स्थलमा राख्न पनि उनले आग्रह गरेका छन् ।
यसैबीच शोभायात्रा उपसमितिले टोल विकास संस्थाका अध्यक्षहरुसँग छलफल गरेको छ । महोत्सव मुलआयोजक समितिका संयोजक नारायणप्रसाद भुसालको अध्यक्षतामा वसेको वैठकमा सहभागीहरुले र्यालीमा उत्साहजनक सहभागीता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसअवसरमा बोल्दै आयोजक मुलसमितिका संयोजक भुसालले दाङको विकास र हरेक गतीविधीमा टोलविकास संस्थाहरुको महत्वपुर्ण सहभागीता र महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोग गर्न टोलवासीलाई आग्रह गरे ।
महोत्सवको उद्घाटन गरिने फागुन ३ गते उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्यरुपमा सफल पारौ भन्ने नारा लेखिएको व्यानर र विभिन्न झाँकीसहीत सबै टोल विकास संस्थाहरु विहान साढे १० वजे घोराही ट्राफिक चोकमा जम्मा भैसक्न शोभायात्रा व्यवस्थापन उपसमीतीका संयोजक धनपती शर्माले टोलविकासहरुलाई आग्रह गरेका छन् ।
साथै उत्कृष्ट झाँकीलाई पुरस्कृत र सम्मान गर्ने पनी आयोजकले जनाएका छन् । महोत्सव स्थल घोराही उपमहानगरपालिका वडा १५ को कृषि सामाग्री संस्थानको मैदान रहेको छ । महोत्सव आउन अव दुई दिनमात्र बाँकी छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गर्नेछन् ।
।