सूचनाको शक्ति - The Power Of Information

        

जापानमा ६ प्रान्तमा आपतकाल, ८ प्रान्तमा अर्ध आपतकाल लागू

काठमाडौं । टोकियो ओलम्पिक्स शुरू हुन अब तीन महीनाभन्दा कम समय बाँकी छ। तर कोरोना संक्रमितको संख्या बृद्धिले जापानलाई गहिरो चिन्ता थपिदिएको छ।

यस्तोमा जापान सरकारले अहिले टोकियो, ओसाका, क्योतो र ह्योगो प्रान्तमा लगाइरहेको निधेषाज्ञा मे ३१ सम्म लब्याउने निर्णय गरेको छ। निधेषाज्ञा यसअघि मे ११ मा सकिदैं थियो।

संक्रमणलाई सुरक्षित स्तरमा झार्न अझ केही समय चाहिने अधिकारीहरुको भनाई छ। चार प्रान्तमा निधेषाज्ञा लम्ब्याउनुको साथै प्रधानमन्त्री योसिहिदे सुगाले फुकुओका र आईची प्रान्तलाई पनि मे १२ देखि निधेषाज्ञा अन्तर्गत राखेका छन्।

प्रधानमन्त्री सुगाको घोषणा अनुसार म्याद थपिएको निधेषाज्ञा अप्रिलको अन्त्यतिर घोषितभन्दा अलि फरक हुनेछ । केही प्रतिबन्धलाई म्याद थपको अवधिमा खुकुलो पारिएको छ ।

खानेकुरा र पेय पदार्थ विक्री वितरण गर्ने ठाउँहरु साँझ ८ बजेभित्र बन्द गरिसक्नु पर्नेछ र कुनै पनि समय रक्सी बेचबिखन गर्न पाइने छैन । रक्सी मात्रै बेच्ने ठाउँलाई महिनाको बाँकी समय पनि बन्द नै राख्न भनिएको छ । खाराओके सेवा प्रतिबन्धित नै रहनेछ ।

सिनेमा, डिपार्टमेन्ट स्टोरलगायतका व्यवसायलाई खोल्ने अनुमति दिइनेछ तर साँझ ८ बजेभित्र बन्द गरिसक्नु पर्नेछ । कार्यक्रमहरुमा पुनः दर्शक राख्ने अनुमति दिइनेछ । तर दर्शक ५ हजार वा क्षमताको ५० प्रतिशतमा सीमित गरिएको छ अनि साँझ ९ बजेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

बाहिरी यात्रीहरुको संख्या ७० प्रतिशत घटाउन सरकारले सर्वसाधरणहरुलाई अझै पनि घरमै बस्न अनि अत्यावश्यक बाहेक अन्य कामका लागि घर बाहिर नजान अनुरोध गरिरहेको छ ।

अहिले अर्ध–निधेषाज्ञाीन अवस्थामा राखिएका प्रिफेक्चरहरुमा पनि प्रतिबन्ध मे महिनाको अन्त्यसम्म कायम गरिएको छ । जसअनुसार अब ४७ प्रान्तमध्ये निधेषाज्ञा लागू भएको प्रिफेक्चरमा टोकियो, ओसाका, क्योतो, ह्योगो, आईची र फुकुओका गरि ६ प्रान्त हुनेछ ।

अर्ध निधेषाज्ञा क्षेत्रका प्रान्तमा होक्काईदो, मिए, गिफु, साईतामा, चिबा, खानागावा, एहिमे, ओकिनावा रहेको छ । मियागी प्रान्तमा भने संक्रमण घट्दो क्रममा रहेका कारण मे १२ तारिखबाट अर्ध निधेषाज्ञान हट्नेछ ।

जापानले कोरोना महामारी उत्कर्षमा पुगेको भन्दै शुक्रबार मात्र नेपालसहित ईण्डिया र पाकिस्तानबाट आउने यात्रुहरुलाई कडा क्वारिन्टिन प्रावधान मान्नुपर्ने नियम सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०८:३५