सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयाे, सङ्ख्या एक सय ६९ पुग्यो

बाहिरी जिल्लाका एक सय ३० जना

बाँके । बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको विवरण छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १०:०६