सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा गति लिँदै रनर मोटरसाइकल


बाँके । नेपालमा नयाँ बंगलादेशी उत्पादन रनर मोटरसाइकल नेपालगन्जमा धमाधम विक्री भइरहेको छ । आधिकारिक विक्रेता रमन मोटर्सको डिलर पार्टनरका रुपमा लक्ष्मी ट्रेड लिंकले डेढ महिनाअघि मात्र नेपालगन्जको सुर्खेतरोडमा शोरूम शुरु गरेकोमा अहिलेसम्म ८ वटा मोटरसाइकल बिक्री भइसकेको छ ।
माघ ११ देखि २२ गतेसम्म नेपालगन्जमा चलेको प्रादेशिक महोत्सवमा पनि उद्घाटनको दिनमा एउटा र अन्तिम दिनमा एउटा गरी २ वटा बुक भइसकेको सञ्चालक कुमार अधिकारीले बताए । ‘बाइकको माग बढिरहेकाले आज काठमाडौंबाट थप १० वटा बाइक आइपुगेको छ । नेपालमा यो नयाँ किसिमको बाइक भएकाले यसको माग बढेको छ,’ संचालक अधिकारी भन्छन् ।
उनले ८० सिसिदेखि १५० सिसिसम्मका विभिन्न मोडेलका मोटरसाइकलहरु सोरुममा रहेको बताए । क्लजविनाको गेयरसहितको स्कुटर पनि कम्पनीले बजारमा ल्याएको छ । उनले नेपालमै पहिलोपटक कसैले नदिएको ६ बर्षको वारेन्टी आफूहरुले दिएको जानकारी दिँदै यसले नै मोटरसाइकलको गुणस्तर पुष्टी गर्ने बताए । -स्वस्तिक भट्ट/प्रशिक्षार्थी पत्रकार

प्रकाशित मिति : २८ माघ २०७४, आइतवार ०९:०८