सूचनाको शक्ति - The Power Of Information

        

घोराहीमा एकदिने सुन्दरता सम्मेलन


देवी भण्डारी । दाङ । सौन्दर्यका सामानहरु उत्पादन गर्दे आएको आस्था वेरी कम्पनीले घोराहीमा एकदिने सुन्दरता सम्बन्धी सम्मेलनको शनिबार सम्पन्न गरेको छ । दाङको घोराही , तुल्सीपुर नारायणपुर र लमहीमा व्यूटीपार्लर व्यवसाय सञ्चालन गर्दै आएका व्यूटीसियनहरुको सहभागीता रहेको उक्त सम्मेलनमा कस्मेटोलोजिष्ट अमृता वाइकर र व्यूटीटेक्निसियन रचना सापकोटाले सहजीकरण गरेका थिए ।


उनीहरुले मुहारको सौन्दर्यता, फेसियल गर्दा अपनाउनुपर्ने सजकता, विधी र प्रक्रियाका बारेमा नयाँ ज्ञान सीप तथा सहभागीहरुलाई दुलही श्रृंगारका बारेमा समेत प्रशीक्षण दिएका थिए । त्यस अवसरमा फेसियल गर्ने अल्ट्रासोनिक मेसीनको बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा आस्था वेरीका म्यानेजिङ डायरेक्टर हेमन्त निरौलाले आस्था वेरीले वजारमा ल्याएका सौन्दर्यका समाग्री तथा त्यसको विशेषता र फाइदाका वारेमा प्रकाश पारेका थिए ।
कम्पनीले वेस्ट डिष्ट्रिव्यूटर्सका रुपमा घोराही उपमहानगरपालिका–१५ की राधा वन्जाडेलाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार वसुन्धरा गौतमले गरेकी थिइन् । कार्यक्रममा १९८ वढीको सहभागीता रहेको थियो । आस्था वेरीले दाङमा विगत १५ वर्षदेखि कम्पनीले उत्पादन गरेका सामाग्रीहरु विक्री गर्दे आइरेहको छ ।

प्रकाशित मिति : २८ माघ २०७४, आइतवार ०१:४६