मानव सभ्यताको अभिलेखित इतिहासमा धेरैजसो भयंकर महामारीहरुको प्रकोप कैयौं बर्ष रहिरहेका थिए । रोमन साम्राज्यलाई निशाना बनाउने एन्टोनाइन प्रेल्गले १६५ ईश्वीमा पहिलो पटक आक्रमण गरेको थियो । रोमन सम्राट मार्कस ओरेलियस आफैं यसको शिकार भए । एन्टोनाइन प्रेल्गको असर १८० ईश्वीसम्म रहयो । कालो मृत्युको नामले कुख्यात न्युमोनिक प्रेल्गको प्रकोप पनि चार वर्ष रहेको थियो । युरोपियन देशमा यो महामारी वर्ष सन् १३४७ देखि सन् १३५० सम्म कहर मच्चाउँदै रह्यो । जुन इलाकामा यो रोग फैलियो त्यहाँ यसको असर धेरै दिनसम्म रहेको थियो ।
त्यहाँको जनसमुदायलाई पुरै बर्बाद गरेपछि यो महामारीले अर्कोतर्फ आफ्नोबाटो लागेको थियो । सन् १८३१ देखिदेखि सन् १८३७ सम्म पुरै युरोपमा फलुको महामारीले उत्पात मच्चाएको थियो । यस महामारीको तीन ठुला हमला वा लहर देखिएको थियो । जुन सन् १८३१, १८३७ मा आएको थियो । सन् १८८९ मा आक्रमण गर्ने फलुको महामारी करिवन २ वर्षसम्म जनसमुदायलाई आफ्नो चपेटामा लिर्दै रहयो । यस फलुबाट ३ लाख ७० हजार मानीसहरु मारिए । सन् १९१८ मा बैश्वीकरुपमा फैलिएको स्पेनिश फलुको महामारी अहिलेसम्मको सबैभन्दा बढी क्षति तवाही गराउने महामारी थियो ।
मार्च १९१८ देखि नोभेम्बर १९१९ सम्म स्पेनीस फलुको तीन वटा लहर देख्न पाइएको थियो । जसले दुनियाँभरमा पाँच करोडभन्दा बढी मानीस मारिएका थिए । यस महामारीको प्रत्येक लहर पछिल्लोभन्दा यदि ज्यादा नभए पनि कम खतरनाक पनि थिएन । यद्यपी स्पेनिश फलुको पहिलो प्रकोप बारेमा सन् १९१७ मा अनुसन्धानकर्ताहरुको दुई बेग्लाबेग्लै समुहरुले पत्ता लगाएका थिए । जतिबेला तपाई लेख पढ्दै हुनुहुनेछ, त्यसवेला कोभिड–१९ ले आफ्ना तेश्रो क्यालेन्डर वर्षमा प्रवेश गरी सकेको हुनेछ किनकी यस महामारीको पहिल्लो वर्ष २०१९ को आखिरी महिनामा आएको थियो । यसपछि कोरोना भाइरसको महामारी वर्ष सन् २०२० मा बडो तेजिले पुरै विश्वमा फैलियो ।
अब सन् २०२१ को ४ महिना बितिसक्न लागेको छ र अहिले पनि यो महामारी विश्वका सवै देशहरुमा बितण्डा मचाइराखेको छ । कोरोना भाइरसले पुरा विश्वमा २८ लाखभन्दा बढी जनसमुदायको ज्यान लिइसकेको छ । महामारीहरुको इतिहास हेर्दै हामी विश्वासका साथ यो भन्न सक्छौं की कोभिड–१९ महामारीको व्यवहार असामान्य चाहिँ होइन यस्को लहरहरु पटकपटक आउनु कुनै पनि महामारीको सहज व्यवहार चाहि नै हो, किनभने अहिले पनि वैश्वीकरुपमा महामारीको शिकार भएका जनसमुदायको संख्या बढ्दो छ । धेरैजसो विशेषज्ञहरुको मान्यता छ कि पहिलेको महामारीहरु जस्तै कोभिड–१९ पनि आखिरमा गएर मौसमी बिमारीमा परिणत हुनेछ ।
महामारीको लहरहरुको जिम्मेवार कारण
महामारीको प्रसारमा आउने उतारचढावको लागि कैयौं कारणहरुलाई जिम्मेवार मानिएको छ । दाईभाई तथा साथीहरुले सन १९१८ को स्पेनिस फ्लुको तीन चरण भएको एउटा साधारण मोडेल प्रस्तावीत गरेका थिए । यी तीन चरण भएको एउटा साधारण मोडेल प्रस्तावित गरेका थिए । यी तीन चरण यस प्रकारका छन् ।
१) स्कूलहरु खोल्नु र बन्द गर्नु
२) महामारीको वेला तापमानमा उतार चढाव हुनु
३) महामारीको बेला मानिसको व्यवहारमा आउने परिवर्तन त्यहि किसलर र उनका साथीहरुले महामारीपछि नयाँ कोरोना वायरस सार्स कोभ–२ को संक्रमणका लागि निम्न लिखित कारणहरु परिचान गरेका छन्, सक्रमणको बेला मौसमको साथै उतारचढाव जनसमुदायहरुको रोग प्रतिरोधक क्षमता, नयाँ कोरोना भाइरस र अन्य कोरोना भाइरसप्रति जनसमुदायहरुमा प्रतिरोधक क्षमताको स्थिति, महामारी रोक्नका लागि चालिएको कदम कति कडा छ र कहिले लागु गरिन्छ । दोश्रो लहरको प्रमुख कारण महामारीदेखि डर त्रास नभएको कारण जनसमुदायहरुमा नियमहरु मिच्ने व्यवहार महामारी कारण लगाइएको प्रतिबन्धहरुबाट अत्तालीनु, आत्तीनु, सक्रमित जनसमुदायहरु जसको पत्ता लागेन तथा स्प्रेडरा भाइरस कोम्युटेशन एउटा अर्को कारण छ, जसले तीनलाई एक पटक फेरी महामारीको शिकार बनाउँछ, जो पहिले यस भाइरसबाट सक्रमित भइसकेका थिए ।
नयाँ कोरोना भाइरसले कैयौं म्युटेटमा आफुलाई बदलिन सक्ने क्षमता देखाएको छ । केहि म्युटेशनपछि बढि संक्रामक भएको देखिएको छ । भारतमा भनिन् थालिएको छ कि करिव २० प्रतिशत नयाँ विरामीहरु यस भाइरसको दोहोरो म्युटेट भएको भाइरसको परिणाम हो । यसबाहेक ब्रिटेन र दक्षिण अफ्रिका अनि ब्राजीलका भेरिएन्टको कथा पनि बेग्लै छ । महामारीबाट संक्रमित जनसमुदायको संख्यामा उतारचढाव यी सबै कारणहरुको आपसी तर पेचिलो सम्बन्धहरुको परिणाम हुने गर्दछ । महामारीको प्रकोपको केहि अरु खास कुराहरुको पहिचान गरिएको छन् ।
उदाहरणका लागि सन् १९१८ को स्पेनिश फलु महामारीमाथि गरिएको अध्ययनहरुमा थाहा लाग्यो कि यस मामारीले पहिले गरिबहरु माथि आक्रमण गरेको थियो । यसको निशानामा धनीहरु पछि परे यसबाट भारतको मुंबइ शहरम कोभिड–१९ ले पहिले झुड्डी झुपडीका जनसमुदायहरुलाई निशाना बनाएको थियो । अर्थात् कोरोना भाइरसको पहिलो लहरले स्लममा बस्ने हरुलाई पहिले आफ्नो चंगुलमा लियो भने अबको दोश्रो लहरमा बहुमंजीला महलमा बसोवास गर्ने जनसमुदाय भाइरसको शिकार भएका छन् । अभिताभ बच्चन, अनुपम खेर यसको शिकार भएकोमा के को आश्चर्य मानेर जिब्रो टोकी बस्ने ? हाम्रो आफ्नो परिवेशमा हाम्रा पूर्वराजा महारानी त परिसके ।
इतिहासबाट प्राप्त भएको शिक्षा
महामारीको प्रकोप रोक्नका लागि जुन पारम्परिक उपायहरु गरिन्छ, तीनमा पछिल्लो कैयौं शताब्दीहरुदेखि कुनै परिवर्तन गरिएका छैनन्, ती सनातनी नै छन् भन्न कुनै आइतबार कुर्न परेन । संक्रमीत व्यक्तिलाई बाँकी जनसमुदायहरुबाट बेग्लै राखेर तीनको उपचार गर्नु क्वारेन्टिनको उपायहरुबाट महामारीको संक्रमण रोक्ने प्रयास गर्नु सुरक्षाका व्यक्तिगत उपायहरु प्रयोग गर्नु पालन गर्नु । जनसमुदायहरुलाई महामारीको बारेमा उचित संवाद, सचेतना तथा तीनलाई सहि जानकारी उपलब्ध गराउनु ।
यी उपायहरुमध्ये कुनै पनि एउटालाई लागु गर्नमा हेलचेक्र्याईको स्थितिमा महामारीबाट स्थिति बेकावु हुन सक्छन् । यस मामलामा हामीहरुबाट कैयौं गल्तीहरु भएका छन् । यही कारणले गर्दा आज भारत कोरोना भाइरसको दोश्रो लहरको नराम्रोसँग शिकार भएको छ । हाम्रो आफ्नो परिवेशमा देशको दक्षिणी खुल्ला सिमानाका कारण त्यसको असर आज नेपालगन्जतिर देख्न र सुन्न पाइन्छ । अब पनि न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन हामी आफैले गरेनौं भने हामी आफै पनि यस दुष्चक्रबाट सहजै निस्कन सक्ने छैनौं । यस महामारीको वैश्विकस्तर देखिएको प्रकृति हेर्दा न त यथेष्ट मात्रामा यसकाविरुद्ध प्रभावकारी खोप नै विकशित गर्न सकिएको छ, एउटा लहरमा प्रभावकारी देखिएको खोप अर्को लहरमा निष्प्रभावी ।
त्यसैले बुझौ कोभिड–१९ को लहरलाई सम्झौकोभिड– १९ को प्रहारलाई ।
फेस मास्क, सावुनपानी अनि सेनेटाइजरले निष्कृय पारौं कोभिड –१९ को प्रहारलाई ।
अतः यस कोभिड–१९ विश्वव्यापी लहरबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं सरकारको काम भनेको एउटा विज्ञप्ती निकाल्नु सम्मत हो ।
(लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)
।