सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, ७२११ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १६:३६