सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा एकसाता निषेधाज्ञा थपियो

सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने, ‘अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’ कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार १८:५०