सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा शक्तिशाली कार बम विष्फोट : ३० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको राजधानी पल ए अलाममा कार बम विष्फोटमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु पनि छन् । स्थानीय गेष्ट हाउस नजिक भएको विष्फोटमा ९० भन्दा बढी घाईते भएका छन् ।

विष्फोटका कारण भवनको छत खस्दा धेरै जना च्यापिएका छन् । विष्फोटका कारण आसपासको क्षेत्रमा पनि क्षति पुर्याएको स्थानीय अधिकारीहरुले जनाएका छन् । प्रान्तिय परिषद्का पूर्व प्रमुखको घर नजिक कार बम विष्फोट गराइएको थियो ।

अमेरिकाले अफगानिस्तानबाट बांकी आफ्ना सेना पनि औपचारिक रुपमा फिर्ता लान शुरु गरेको दोस्रो दिन यो विष्फोट भएको हो । विष्फोटको जिम्मा कसैले लिएको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०९:०१