सूचनाको शक्ति - The Power Of Information

        

थेग्नै नसक्ने स्थितिमा पुग्यौं : सरकार

काठमाडौं । वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीवार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो ।

तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । अचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमितलाई छुन मानिरहेका छैनन् । वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्राःय सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रिमतको चाप थेगिनसक्नु छ ।

आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ । सरकारी अस्पताल होस् वा निजि, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् ।

काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ । यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ ।

कोभिड १९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसकने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो ? भन्ने प्रश्न उठेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो शुक्रबार मात्रै मुलुकभर ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ३ हजार भन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

कान्तिपुर

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार ०८:५४