सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको दोस्रो लहर

थप ४८९७ मा संक्रमण, ९८ जना भेन्टिलेटरमा

काठमाडौं । नेपालमा २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

नेपालमा हालसम्म ३ लाख १२ हजार ६९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । त्यस्तै रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जना संक्रमित फेला परेका छन् ।

यता पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७९ हजार २७९ रहेको छ । यही अवधिमा थप १७ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार २११ जनाको मृत्यु भइसकेको छ । हाल ५०० भन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।

त्यस्तै, २०० भन्दा बढी उपचारार्थ कोरोना संक्रमितहरु रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् । देशभर रहेका सक्रिय कोरोना संक्रमितमध्ये २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ३६४, आइसीयूमा ३१७ र भेन्टिलेटरमा ९८ जना रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १८:४७