सूचनाको शक्ति - The Power Of Information

        

घट्यो ब्रोइलरको मासुको मूल्य

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ ।

बुधबारदेखि लागू हुने गरी किलोमा १० रुपैयाँले घटेर जिउँदो कुखुराको मूल्य प्रतिकिलो २९० रुपैयाँ कायम भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

पछिल्लो समय ब्रोइलर कुखुराको मासुको मूल्यमा दिनप्रतिदिन वृद्धि हुँदै प्रतिकिलो ४ सय ५० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ०९:३७