सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा थप दुई कोभिड संक्रमितको मृत्यु, मृतकको संख्या ४६ पुग्‍यो

कैलाली । कैलालीका थप दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

आइतबार साँझ टीकापुर नगरपालिकाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै जिल्लाको गोदावरी नगरपालिका-३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको छ । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोभिड पुष्टि भएको थियो । उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो ।

योसहित गोदावरी नगरपालिकामा १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:४८