सूचनाको शक्ति - The Power Of Information

        

आज कुन देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २१ पैसा तोकिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर ११ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११ रुपैयाँ १५ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

साउदी खरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ०४ पैसा रहेको छ भने मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रीदर २९ रुपैयाँ २८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

Binimaya.JPG

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ०८:३४