सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पताल भरिभराउ भएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं ।  पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद इस्तियाक राईले कोरोना संक्रमितको संख्याले भेरी अस्पताल भरिभराउ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता राईले जनताको जीवन रक्षाका निम्ति अविलम्ब आवश्यक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्,  आफ्नो गुट कुर्सी ,सरकार संगै जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरि दिन आग्रह !’

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०८:३९