सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा दिल्लीको तेस्रो जित

एजेन्सी । भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो ।

जितका लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि स्टेभन स्मिथ र शिखर धवनले क्रमश ३३ र ४५ रनको पारि खेले ।

दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४२ बलमा ५ चौका र १ छक्का सहित ४५ रनमा आउट भए ।

स्टिभ स्मिथ २९ बलमा ४ चौका सहित ३३ रनमा आउट भए । दोस्रो विकेटका लागि धवन र स्मिथले ५३ रनको साझेदारी गरेका थिए ।

कप्तान ऋषभ पन्त र पृथ्वी शा ७(७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराह, जयन्त यादव, राहुल चहर र काइरन पोलार्डले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

मुम्बईका ओपनर तथा कप्तान रोहित शर्माले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए ।

चार खेल खेलेको दिल्लीले ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

यस्तै चेन्नई सुपर किंग्स ३ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

मुम्बई ४ खेलमा समान २ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । यसैबीच आज हुने खेलमा पन्जाब किङ्स् र सनराइजर हैदराबादबीच प्रतिष्पर्धा हुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार ०७:४१