सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।

 सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १३:१४