सूचनाको शक्ति - The Power Of Information

        

इजिप्टमा रेल दुर्घटना हुँदा ११ को मृत्यु, ९८ जना घाइते

एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा भएको दुर्घटनामा ९८ जना घाइते भएका छन् ।

कायरोबाट नाइल डेल्टा शहरका लागि छुटेको रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको हो । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएका हुन् ।

इजिप्टमा रेल दुर्घटनाका घटना भैरहन्छन् । सन् २००१ मा भएको रेल दुर्घटनामा ३ सय ७० जनाको मृत्यु भएको थियो । यस्तै गत मार्च महिनामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ०८:१२