सूचनाको शक्ति - The Power Of Information

        

नयाँ वर्षमा पशुपति मन्दिरमा पूजा

काठमाडौं । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको चाप बढेको छ । भक्तजनलाई दर्शन र पूजाआजको विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार ०९:४९