सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बाेधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले अहिले बिहान ८ बजे सिंह दरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम र पछिल्लो राजनीतिक अवस्थाबारे पनि नागरिकलाई जानकारी दिनुहुने मन्त्री गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार ०८:०१