सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं ।  चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ।

घाइते भएका सात जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार १०:५३