सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हरायो

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।

हिजाे राति भएको खेलमा चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका शिखर धवनले ८५ तथा पृथ्वी शाले ७२ रनको अर्धशतकीय पारी खेले ।

चेन्नेईका शार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए । यसअघि, मुम्बईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

चेन्नेईका सुरेश रैनाले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । दिल्लीका क्रिस वाक्स र अभेष खानले दुई/दुई तथा रविचन्द्रन आश्विन र टोम कुरानले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतवार ०८:०६