सूचनाको शक्ति - The Power Of Information

        

विकृत समाज

गाभर लायन्स पार्कमै यौनलिला !

अहिले यौन जोडीहरूले फेसबुकमा मोलमोलाई गर्ने गरेको खुलेको छ ।

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले कडाई गरेपछि यतिबेला यौन जोडीको पहिलो रोजाईमा गाभरको होमस्टे र लायन्स पार्क क्षेत्र परेका छन् । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भन्दै लायन्स क्लबले बनाएको लायन्स पार्कमा यतिबेला यौनलिला मच्चिदै आएको छ । यौनकर्मीले अहिले उक्त क्षेत्र सबैभन्दा सुरक्षित मान्दै आएका छन् ।

नजिकै होमस्टे भएका कराण खानाखाजा र नास्ता पानीको पनि कुनै समसया नरहने आन्तरिक पर्यटकका रूपमा जाँदा प्रहरी निगरानी समस्या पनि नहुने र पार्क आसपासमा गतिलै जंगल भएकाले यो क्षेत्र यौन व्यवसायीको पहिलो रोजाईमा परेको देखिएको छ । उक्त समाचार प्रकाशित भएपछि कोहलपुर प्रहरीले कोहलपुर क्षेत्रमा रहेका यौन व्यवसायीको खोजी र होटलमा कडा निगरानी अघि बढाएको छ ।

प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल यौन व्यवसाय रोकथाम तथा आपराधिक घटना नियन्त्रणमा आफै सक्रिय देखिन थालेका छन् । कोहलपुरका सेन्टर प्वाइन्ट मानिएका बसपार्क, चप्परगौडी, हवल्दारपुर, मदनचौक, न्यूरोड र सुर्खेतरोडका लगायतका क्षेत्रमा यतिबेला प्रहरीले कडाई गरेको प्रहरी नायव उपरीक्षक खनाल बताउँछन । यतिबेला गाभरमा रहेको लायन्स पार्कपनि यौनक्रिडा स्थलझैं बनेको छ ।

कोहलपुर प्रहरीले शुक्रबार रातीमात्रै १५ जोडी शंकास्पध व्यक्तिलाई होटलबाट समातेको प्रहरी नायव उपरीक्षक खनाल बताउँछन् । उनीहरूमाथि छानबीन र अनुसन्धान भैरहेको छ । यस्ता घटनामा होटल व्यवसायी वा अन्य कुनै पनि व्यवसायीको संलग्नता रहेको देखिएमा जोसुकैलाई पनि कानूनी दायरामा ल्याउने उनी बताउँछन् ।

अहिले यौन जोडीहरूले फेसबुकमा मोलमोलाई गर्ने गरेको खुलेको छ । फेसबुकमा साथी बन्ने र मोलमोलाई गर्ने पैसाको सहमति भएपछि होटल फिक्स गर्ने र त्यहि गएर मस्ती गर्ने गरेको प्रहरी अध्ययनले पनि देखाएको छ । अहिले कोहलपुरका ठुला होटलसँगै, गाभरको लायन्स पार्क, क्षेत्र यौनक्रिडा स्थलका रूपमा फस्टाउँदै गएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०७:३१