सूचनाको शक्ति - The Power Of Information

        

महिला टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु हुँदैछ ।

कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा आज सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ ले पनि प्रतिष्पर्धा गर्दैछन् । चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ०९:५६