काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज विशेष अभियान कार्यक्रमहरु घोषणा गर्ने भएको छ । यी कार्यक्रम देशैभर संगठन विस्तार तथा सुदृढीकरणका लागि अभियानका रुपमा घोषणा गर्न लागिएको हो ।
त्यस्तै, यसअघि यही समूहले गरेको राजनीतिक प्रतिवेदनलाई पनि माधव समूहले कार्यकर्तामाझ लैजाने नीति लिएको छ । यस विषयमा विस्तारमा आज घोषणा हुनसक्ने माधव नेपाल समूहका एक नेताले फरकधारलाई बताएका छन् ।
यो समूहको स्थायी कमिटी सदस्यको बैठक शुक्रबार बसेको थियो । त्यही बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको हो ।
यस अभियानलाई आज अन्तिम स्वरुप दिने नेपाल समूहले जनाएको छ ।
।