सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा ८६ सहित १५२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार काठमाडांै उपत्यकामा थप ८६ जनामा संक्रमण देखिएको छ ।

जसमा काठमाडौंमा ७३ , ललितपुरमा ८ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको छ ।

बिहीबार उपत्यकामा देशभर देखिएको संक्रमित संख्याको ५६ दशमलव ५७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ ।

काठमाडांै जिल्लामा भने बिहीबार भेटिएका संक्रमितको संख्या केही महिना यताकै सबैभन्दा धेरै हो ।

यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।

सो अवधिमा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र थप ६५ जनाले संक्रमण जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ जना रहेको छ ।

नेपालमा एक साता यता संक्रमितको संख्या बढे सँगै संक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १७:५२