सूचनाको शक्ति - The Power Of Information

        

प्रगतिशिल युवा समाजद्धारा बर्थिङ सेन्टरलाइ आवश्यक उपकरण सहयोग

बझाङ । जिल्ला मा संचालित एक गैरसरकारी संस्थाले जयपृथ्वी नगरपालिका वडानम्बर ११ मा रहेको बर्थिङ सेन्टरलाइ आवश्यक उपकरण र सामाग्रीहरु सहयोग गरेको छ ।

प्रगतिशिल युवासमाज तथा वर्डभिजनको साँझेदारीमा जयपृथ्वी नगरपालिका वडानम्बर ११ मा रहेको सिद मनाना बर्थिङ सेन्टरलाइ डेलिभरी ब्याड, एनेसी टेवल, पेरिलाइट, बच्चा तौलने मेसिन, ग्यास हिटर लगाएतका उपकरणहरु सहयोग गरेको प्रगतिशिल युवासमाजका कार्यकारी र्निदेशक लवराज जोशीले बताउनु भयो ।

उक्त सामाग्रीलाइ जयपृथ्वी नगरपालिका सुइल, मयानाका सुत्केरी महिलालाइ गाउँघरमै सेवा लिनका लागी सहज हुने छ । विगत केही बर्ष सुत्केरी हुनका लागी टाढा जानुपर्ने अवस्थालाइ मध्यनजर गरी उक्त सामाग्री सहयोग गरेको समेत बताउनु भएको छ ।

सिद मनानामा रहेको बर्थिङसेन्टरलाइ उपलब्ध गरिएका स्वास्थ्य उपकरणले एकदमै राम्रो भएको र यसले स्थानिय सुत्केरी महिलाहरुलाइै सुरक्षित सुत्केरी सेवा दिनमा सहयोग पुग्ने चैनपुर स्वास्थ्य चौकी प्रमुख रमेश रोकायाले बताउनु भयो ।

बर्थिङसेन्टरका लागी उपलब्ध रहेका सामाग्रीले सुत्केरी गराउन सहयोग मात्र नभइ बाल मातृ मृत्युदरमा कमी समेत आउने र स्वास्थ्यका सुचकहरु केहि पुरा हुने भएकाले बालमैन्त्री वडा घोषणा गर्न समेत यो सहयोगले मदत पुग्ने र करिब २ लाख २९ हजार बराबरको उपकरण सहयोग गरेको प्रगतिशिल युवासमाजका म्यानेजर अजय महरले बताउनु भयो ।

मंगलबार एक कार्यक्रमका विच जयपृथ्वी नगरपालिका वडानम्बर १० का वडा अध्यक्ष केशव रोकायाले सिद मनाना आधारभुत स्वास्थ्य इकाइ इन्चार्ज प्रेम बोहरालाइ हस्तान्तरण गरेको प्रगतिशिल युवासमाजका सामाजिकपरिचालक राम बहादुर सार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ०७:५४