सूचनाको शक्ति - The Power Of Information

        

भारतमा २४ घण्टामा ६२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २९१ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६१ हजार २४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १९ लाख ८ हजार ९१० जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो केही समय यता पुनः कोरोना संक्रमण बढेको तथ्यांकले देखाएको छ । यसलाई भारतमा कोरोना संक्रमणको दोस्रो लहर भनिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०९:४०