सूचनाको शक्ति - The Power Of Information

        

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भु -भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ।

आईतबार देशका पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा  रहने छ । अपराह्न पश्चात देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू -भागहरुमा आंशिक बदली रहने छ। देशको पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतवार ०८:०२