सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ को मन्त्रिपरिषद् पुनर्गठनको तयारी, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नयाँ मन्त्रीहरुलाई शुक्रबारै सपथ गराउने तयारीसमेत गरिएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री, माधवकुमार नेपाल समूह छाडेर ओली समूहमा आएकी उषाकला राई सामाजिक विकासमन्त्री, राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री बनाउने मुख्यमन्त्री राईको तयारी छ ।

यसैगरी कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । अहिलेसम्म मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्हाल्दै आएका छन् । यद्यपि, सपथ ग्रहणसम्ममा मन्त्री हुनेहरुको नाम र जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ११:५०