सूचनाको शक्ति - The Power Of Information

        

घट्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं ।  शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।  यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार ११:४४