बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका दुर्गम गाउँहरुमा गएर सेवा दिन थालेका छन । जिल्लाका १२ वटा स्थानीय तहहरुका दुर्गम गाउँहरुमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरि रहेको हो ।
गाउँ घरमा चिकित्सक कार्यक्रम अन्र्तगत बिहिबार सुर्मा गाउँपालिका १ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई जना डाक्टर सहितको टोलीले ग्रामिण भेगमा बसोबास गर्ने बिपन्न बर्गहरुलाई लक्षित गरि सेवा प्रवाह गरि रहेका छन् ।
टोलीले निशुल्क रुपमा ओपिडी सेवा , प्रयोगशाला सेवा , भिडियो एक्सरे सेवा , महिलाको पाठे घर सम्बन्धी सेवा , ईसिजी सेवा ,फार्मेसी सेवा र यौन रोग सम्बन्धी सेवाहरु गाउँमा गएर दिदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले बताउनुभयो ।
उहाँले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिबिरका रुपमा उपचार गदै आएको समेत बताउनुभयो ।
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयहरु निकै खुशी भएका छन् ।
सुर्मा गाउँपालिका १ का जय बहादुर बोहराले भन्नुभयो “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आसा गरेका थिएनौ तर यहाँ त सबै सुबिधा गाउँमै दिने रहेछ । बर्षौ देखिे पेटको समस्या थियो , पैसा नहुदा अस्पताल सम्म जान सकेको थिएन , यो धेरै राम्रो काम गर्यो जिल्ला अस्पतालले” बोहरा मात्र होईन्न सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीहरुको भनाई पनि उस्तै रहेको छ ।
गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले भन्नुभयो , सधै गाउँपालिकाको केन्द्रमा मात्र शिबिर आउने हुदाँ यो पटक भने दुर्गम गाउँका बिपन्न समुदायलाई लक्षित गरि यो कार्यक्रमको छनौट गरेको हो ।
उहाँले स्वास्थ्य नै सबै भन्दा महत्वपुर्ण कुरा भएकाले सबैलाई शिबिरमा आएर उपचार गराउन आग्रह समेत गर्नुभयो । गाउँपालिका प्रबक्ता समेत रहेका वडा नं १ का वडा अध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधी सहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागी खुसीको कुरा भएकाले सबैले आएर सहभागी हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँले दुर्गम गाउँमा बिशेषज्ञ सहितको सेवाले ग्रामिण भेगमा बस्ने समुदायका जनताहरुको घरमै गएर स्वास्थ्य परिक्षण गराउन पाउँदा आफ्नो पनी ठुलो उपलब्धी भएको समेत बताउनुभयो ।
शिविरमा २ सय १८ जनाले सेवा लिएका छन । जसमा ७१ जनाले भिडियो एक्सरे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सर सम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला, र २ जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा.देबराज रतालाले जानकारी दिनुभएको छ । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट ९ जना डाक्टरको टोली खटिएको थियो ।
।