सूचनाको शक्ति - The Power Of Information

        

एकदिवसीय क्रिकेटमा भारत विजयी

एजेन्सी । इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा भारत विजयी भएको छ ।

भारतको पुनेमा हिजो भएको खेलमा घरेलु टोली भारत ६६ रनले विजयी भयो । जितसँगै भारतले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ ।

भारतले दिएको ३ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

उसका लागि जोनी बेयर्स्टोले ९४ रन तथा जेसन रोयले ४६ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

बलिङतर्फ भारतका डेब्यु खेलाडी प्रशिद्ध कृष्णले ४ विकेट लिए । सार्दुल ठाकुरले ३ विकेट लिँदा भुवनेश्वर कुमारको नाममा २ विकेट रह्यो ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

भारतका शिखर धवनले ९८ रन जोड्दा के.एल राहुलले ६२ रनमा अविजित रहे । इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।

भारत र इंग्ल्याण्डबीचको दोस्रो एक दिवसिय खेल शुक्रवार पुनेमै हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार ०७:५०