अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षीया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति मोबाइल चार्ज गर्ने क्रममा: उनलाई करेन्ट लागेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगे पनि उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
सपना कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्ने विद्यार्थी थिइन्।
।