सूचनाको शक्ति - The Power Of Information

        

अष्ट्रेलियामा बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित

एजेन्सी । अष्ट्रेलियामा आएको बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

सिड्नी क्षेत्रमा बाढी बढ्दै गएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

न्यू साउथवेल्स र क्वीन्सल्याण्ड राज्यका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढीका कारण निजी तथा सरकारी आवासहरुमा क्षति पुगेको बताइएको छ ।

प्रधानमन्त्री स्कट मारिसले बाढीबाट सर्तक रहने अपिल गर्नुभएको छ । मौसम विभागले बाढीका कारण अझै क्षति हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

बाढीबाट प्रभावित भएर सिड्नीका करिब एक सय परिवार बिस्थापित भइसकेको समाचारमा जनाइएको छ ।

बाढीका कारण सडक संरचनाहरु क्षतिग्रस्त भएका छन् । बाढीका कारण शिक्षण संस्थाहरु बन्द भएका छन् भने आन्तरिक हवाइ उडान तथा यातायात सेवाहरु स्थगन गरिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार ०८:३८