सूचनाको शक्ति - The Power Of Information

        

चेल्सी र लेष्टर सिटी सेमिर्फाइनलमा

काठमाडौं । चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै लेष्टर सिटी सेमिफाइनलमा पुगेको हो ।

आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन केलेची इहिनाचोले दुई तथा युरी टिलेमन्सले एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउडले एक गोल गरेका थिए । गएरातिकै अर्को खेलमा शेफिल्ड युनाईटेडलाई २–० ले हराउँदै चेल्सी पनि सेमिफाईनलमा उक्लेको छ ।

खेलमा चेल्सीका लागि हकिम जिएचले एक गोल गर्दा शेफिल्डका ओलिभर नरवुडले एक आत्माघाति गोल गरे । चेल्सीले अब सेसमिफाईनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल लेष्टर सिटी र साउथह्याम्पटनबिच हुनेछ । एजेन्सी

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार ०८:१०