सूचनाको शक्ति - The Power Of Information

        

आयआर्जनमा सहयोग पुर्याउन बाख्रा वितरण

बझाङ ।  प्रगतिशिल युवासमाजले आयआर्जनमा सहयोग पुगाउने उदेश्यले केदारस्युँ गाउँपालिकाको वडानम्बर ३ र ६ मा ३० घरधुरीलाइ बाख्रा वितरण गरेको छ ।

प्रगतिशिल युवा समाज र वल्र्ड भिजन साझेदारी अन्र्तगतको पोषण तथा उत्थानशिल जिविको पार्जन कार्यक्रम अन्र्तगत बाख्रा वितरण गरिएको हो ।

केदारस्युँ गाउँपालिकाको वडानम्बर ३ मा १० ओटा बाख्रा र ५ ओटा पाठा वडानम्बर ६ मा २० ओटा बाख्रा गरि जम्मा ३० ओटा ब्याउने बाख्रा वितरण गरेको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनु भयो ।

कोभिडबाट प्रभावित जोखिममा रहेका वालवालिकाका परिवार दलित , आर्थिक स्थिति कमजोर भएका परिवारलाइ वितरण गरिएको र जस्ले गर्दा उक्त परिवारहरुलाइ कृर्षि र पशुपालनमा आत्मर्निभर वनाउने उदेश्यका साथै आर्थिक स्थितिमा सुधार हुने समेत निर्देशक जोशीले बताउनु भयो ।

करिब ३ लाख ६० हजार रकम बराबरको बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राहरुको विमा समेत गरेको छ । यसरीनै गरिव निमुखा परिवारले पहिलोपटक संस्थाबाट बाख्रा सहयोग पाउँदा आफु खुसीभएको र बाख्राको हेचाँह पालन पोषण गरेर आम्दानीको स्रोत समेत बढाउने केदारस्युँ गाउँपालिका वडानम्बर ६ का मकर बहादुर गुरुधामीले बताउनु भयो ।

साथै आफु गाडी चलाउन सिक्नका लागी ड्राइभिङ तालिममा समेत छनोट भएको र शिप सिकेर आफु व्यवसायमा लाग्ने समेत गुरुधामीले बताउनु भयो ।

साथै प्रगतिशिल युवा समाज र वल्र्ड भिजनको साँझेदारीमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका , केदारस्युँ गाउँपालिकामा शिक्षा , वालस्पोन्सरसिप पोषण तथा उत्थानशिल जिविको पार्जन लगाएतका परियोजना स्थानियतह संग समन्वय गरी विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यक्रम म्यानेजर अजय कुमार महरले बताउनु भयो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार १७:०६