सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तर अध्ययन सुरु

काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रतर्फ स्नातकोत्तरको अध्ययन सुरु भएको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानमा स्नातकोत्तर तहको लागि ५ वटा कोटा दिएको छ । छात्रवृत्तिमा जनरल प्राक्टिस इमरजेन्सी मेडिसिनमा ३ जना र एनेस्थेसिया क्रिटिकल केयर तथा मेड्रियाट्रिकमा एक / एकजनाको कोटा रहेको प्रतिष्ठानले जनाएको छ ।

अहिले तीनजना विद्यार्थी जुम्लामा पुगेर अध्ययन थालिसकेका छन् । दुईजना विद्यार्थी आउने क्रममा रहेका जनाईएको छ । जुम्लामा डाक्टरी शिक्षाको अध्ययन सुरु भएपछि कर्णालीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ ।

यता, प्रतिष्ठानले नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसको अध्ययन सुरु गर्ने तयारी गरे पनि चिकित्सा शिक्षा आयोगले अनुगमन नगर्दा पढाइ अनिश्चित भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतवार ०८:५०