सूचनाको शक्ति - The Power Of Information

        

बहुत तकलिफ छ सर !

काठमाडौं । २०७२ चैत अन्तिम साताको कुरा हो महोत्तरी कलुवाबगियाका रामभरोस खत्वे रात्रिबस चढेर झिसमिसेमै काठमाडौं उत्रिएका थिए । गौशालाको धर्मशाअघि भेट्दा उनको अनुहारमा निराशाको बाक्लो रङ पोतिएको थियो ।

एक लाख १० हजार रुपैयाँ तिरेर लेबर काममा कतार पुगेका उनी कम्पन्नीले गरेको मेडिकल जाँचमा फेल भएपछि फर्किएका थिए । म्यानपावर कम्पन्नीको स्थानीय एजेन्टले जनकपुरमा गराइदिएको स्वास्थ्य परीक्षणमा कसरी पास भए, कसरी कतारमा गरिएको दोस्रो स्वास्थ्य परीक्षणमा कसरी पास भए, उनले बुझ्न सकेनन् ।

रामभरोसले स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजमिटर फनफनी घुम्न थालेपछि उनी उजुरबाजुर गर्न काठमाडौं आइपुगेका थिए । उनले पाँच दिन काठमाडौंमा दौडधुप गरे ।

महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान सुरु गरेपछि उनलाई कतार पठाउने बत्तीसपुतलीस्थित सान म्यानपावर कम्पन्नी बल्लतल्ल एक लाख फिर्ता गर्न तयार भयो । नेपाल सरकारले २०७२ असार २१ गतेदेखि लागू हुने गरी फ्रि भिसा, फ्रि टिकट, को नीतिगत निर्णय गरेको थियो ।

खाडीका ६ देश र मलेसियामा रोजगारीमा जाने कामदारसँग व्यवसायले प्रवेशाज्ञा र हवाई टिकटबाफत रकम लिन नपाउने र रोजगारदाता कम्पन्नीले सेवा तथा प्रवद्र्धन खर्च नबेहोर्ने भनेर स्पष्ट तोकिए व्यवसायीले बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने निर्णय गरेको । कान्तिपुर

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार ०७:३७