बझाङ । जिल्लाको एक गैरसरकारी संस्थाले विद्यालयका ई–लाइब्रेरी स्थानीय तहको शिक्षा शाखामा राख्न लागेको छ ।
साझा शिक्षा ई–पाटी नामक संस्थाले जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई–लाइब्रेरी जडान गर्न लागेको हो । संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९ सय ५० ल्यापटप पनि वितरण गरिसकेको छ ।
स्थानीय तहको शिक्षा शाखामा जडान गर्न लागिएको र ई–लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने भएको छ ।
साझा शिक्षा ई–पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न गाउँपालिकाको केन्द्रमै आउनुपर्ने ई–लाइब्रेरीमा ८ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामाग्री सहित ब्रिटिस काउन्सिल लगायतका अभ्यास सामग्रीहरू पनि राखिने ई–लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने बताउनुभएको छ ।
कार्कीका अनुसार अहिलेसम्म बझाङका १० वटा स्थानीय तहका शिक्षा शाखामा ई–लाइब्रेरी जडान गरिसकिएको र चैत भित्र बाँकी २ स्थानीयतह केदारस्यूँ र बित्थडचीर गाउँपालिकामा जडान गरिसकिने र विद्यालयहरूमा जडान गर्न कठिन भएकोले बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई–लाइब्रेरी जडान गर्न लागिएको कार्कीले बताउनु भयो ।
।