सूचनाको शक्ति - The Power Of Information

        

बलात्कार आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । ९४ वर्षका एक वृद्ध बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका – १३ बिसौनाका हीरा बहादुर घर्ती पक्राउ परेको प्रहरीले जनाएको छ ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलीपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन ।

वृद्धाले आरोप स्वीकार गरेका छन् । यस्ता घटना बाहिर ल्याउँदा राम्रो नहुने भएकाले कानुनी रुपमा अगाडी बढाएपनि बाहिर नल्याएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीको भनाई छ । घर्तीलाई सामान्य रुघाखोकी लागेका चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ ।

घर्तीलाई प्रहरीले २२ गते पक्राउ गरेर भोलीपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले मगरको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १०:४०